काठमाडौं । प्रतिनिधिसभा र राष्ट्रियसभाबाट पारित भएको नागरिकता विधेयकलाई यथासिघ्र प्रमाणीकरण गर्न नागरिकताविहीन संघर्ष समिति नेपालले माग गरेको छ ।

आइतबार राष्ट्रपति कार्यालय शितलनिवासमा ज्ञापन पत्र बुझाउँदै उनीहरूले नागरिकता विधेयक छिटो प्रमाणीकरण गर्न माग गरेका हुन् ।
समितिका अध्यक्ष ईन्द्रजीत साफीसहितको टोलीले शितल निवास पुगेर राष्ट्रपतिका स्वकीय सचिव शिव भट्टराईमार्फत राष्ट्रपतिलाई ज्ञापन पत्र बुझाएका छन् । दुवै सदनबाट पारित विधेयक सभामुखले केही दिनअघि नै राष्ट्रपति कार्यालय पठाइसकेका छन् ।














