Logo
Logo

एमालेले चोलेन्द्रलाई बचाउन खोज्यो : माओवादी


3.2k
Shares

काठमाडौं । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र)ले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरामाथिको महाअभियोगका सम्बन्धमा प्रष्ट नबोलेको भन्दै प्रमुख विपक्षी नेकपा एमालेमाथि प्रश्न उठाएको छ ।

आज बसेको प्रतिनिधि सभा बैठकमा महाअभियोग प्रस्तावमाथिको छलफलमा बोल्दै सांसद हरिबोल गजुरेलले एमालेले प्रष्ट नबोलेर एमालेले जबरालाई बचाउन खोजेको आरोप लगाए ।

सांसद गजुरेलले भनेम, ‘जनताले बुझिसके, चोलेन्द्रलाई छिटो भन्दा छिटो बिदा गरौं भनिरहेका छन् । यहाँ सदनमा दलगत रुपमा विभाजित हुने, यस्तो कुरामा पनि जिब्रो चपाउने ।

‘प्रतिपक्ष आज जिब्रो चपाएर बोलिरहेको छ । प्रतिपक्ष चोलेन्द्रलाई जोगाउन चाहिरहेको छ । सिधै बोल्दा जनताले बुझ्लान भनेर जिब्रो चपाएर बोलिरहेको छ,’ उनले भने ।

त्यस्तै, अर्का सांसद अञ्जना विशंखेले महाअभियोग प्रस्तावमाथिको छलफल अगाडि बढाउनमा ढिलाइ भएको स्वीकार गरे । ढिला हुनुको कारण खोतल्न आवश्यक नरहेको, ढिला हुनुको कारणबारे सबै जानकार रहेको भन्दै उनले ढिलो भए पनि राम्रो हुनुको स्वागत गरिनुपर्नेमा जोड दिइन ।

प्रतिक्रिया दिनुहोस्