Logo
Logo

जापानमा रहेका नेपालीलाई प्रचण्डले भने- अहिले नै फर्केर आउनु भन्ने अवस्था छैन


1.3k
Shares

काठमाडौँ । जापान भ्रमणमा रहेका सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कृषि क्षेत्रले नै नेपाललाई समृद्ध र आत्मनिर्भर बनाउने टिप्पणी गरेका छन् ।

पुर्वप्रधानमन्त्री समेत अर्हेका अध्यक्ष प्रचण्डले विद्युत र पर्यटनसँगै कृषि आर्थिक विकासको प्रमुख आधार भएको बताए । नेपाली समुदायसँग अन्तरक्रियाको क्रममा प्रचण्डले अहिलेको सरकारले पनि कृषि क्षेत्रलाई प्राथमिकता दिएको बताए ।

अध्यक्ष प्रचण्डले देशको विकासमा विदेशमा रहेका नेपालीको महत्त्वपूर्ण भूमिका हुने संकेत गर्दै उनीहरूलाई नेपालमा फिर्ता बोलाउने अवस्था अहिले नै अझै नरहेको बताए ।

जापानमा रहेका नेपालीहरूलाई अहिले नै स्वदेश फर्किएर आउनु भन्ने अवस्था नरहेको भन्दै दाहालले केही समयपछि उनीहरूलाई स्वदेश फर्काउने योजना रहेको बताए ।

यसका लागि आफूहरूले नेपालमा राजनीतिक स्थायित्व र स्थिरताको वातावरण बनाउँदै गरेको उनले बताए । प्रचण्डले नेपाल पर्यटनको अनन्त पर्यटन विकासको केन्द्र हुनसक्ने भन्दै भने, ‘अहिले नेपाल सरकारको नीति कार्यक्रम बनाउँदै गर्दा र बजेटबाट पनि नेपाल कता लैजाने भनिरहँदा मेरो ध्यान कृषिको आधुनीकिकरण र यान्त्रिकरण तथा यसको औद्योगिक विकासमा मेरो ध्यान छ ।’

प्रतिक्रिया दिनुहोस्