Logo
Logo
दृष्टिका १० हेडलाइन्स्ः

निर्वाचनको सरगर्मी बढेकोदेखि महाभियोग प्रकृयामासम्म



१. प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरामाथि लगाइएको महाअभियोगको प्रस्ताव ‘महाअभियोग सिफारिस समिति’मा पठाउने प्रस्ताव प्रतिनिधिसभाबाट बहुमतले स्वीकृत, विभिन्न देशमा महाअभियोगको प्रयोग भइरहेको भन्दै न्यायपालिकासँगै कार्यपालिका र समग्र क्षेत्रमा रहेका विकृति हटाउन आवश्यक रहेको सांसदहरुको भनाइ, महाभियोग प्रस्ताव प्रकृयामा प्रवेश गरे पनि सत्तापक्ष र प्रतिपक्ष दुवै पारित गर्न अनिच्छुक ।

२. आगामी मंसिर चार गतेका लागि आम निर्वाचनको मिति धोषणा भएसँगै निर्वाचनको सरगर्मी बढ्यो, राजनीतिक दलहरुले निर्वाचन लक्षित गतिविधि बढाए, निर्वाचन आयोगले दल दर्ताका लागि आह्वान गरेको पहिलो दिन ५ राजनीतिक दल दर्ता ।
३. प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का नेताहरूबीच भेटवार्टा, आगामी आम निर्वाचनमा चुनावी तालमेलमा सहभागी गराउन र पार्टीलाई सरकारमा सहभागी गराउन लोसपाको अनुरोध, सकेसम्म तालमेलमा सहभागी गराउने प्रधानमन्त्रीबाट आश्वासन ।

४. देशभर आंशिकदेखि सामान्य बदली रही तीन प्रदेशमा भारी वर्षा हुने, देशका पहाडी भू–भागका केही र बाँकी भू–भागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना, सुदूरपश्चिम, लुम्बिनी र कर्णाली प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन प्रशासनको आग्रह ।

५. कृषि क्षेत्रले नै नेपाललाई समृद्ध र आत्मनिर्भर बनाउन सकिने नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को भनाइ, विद्युत र पर्यटनसँगै कृषि आर्थिक विकासको प्रमुख आधार रहेको दावी, देश विकासमा विदेशमा रहेका नेपालीको महत्त्वपूर्ण भूमिका हुने धारणा ।

६. केहि दलहरुले आफ्नो अस्तित्व जोगाउन गठबन्धनको सहारा लिइरहेको प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको टिप्पणी, निर्वाचनमा एक्लै प्रतिस्पर्धा गर्ने हिम्मत नभएका दलहरुले मात्र गठबन्धन गर्ने भनाइ, नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल अस्तित्व रक्षाको संकटमा रहेको धारणा ।

फाइल फोटो

७. कोरोना महामारीले समस्यामा परेका पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकारले काम गरिरहेको संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठको भनाइ, पर्यटन पुर्नउत्थानका लागि सरकारले सार्वजनिक गरेको कार्ययोजनालाई कार्यान्वयन गराई समस्यमा परेका पर्यटन क्षेत्रलाई पूर्ववतः रुपमा फर्काउने गरि काम गरिरहेको धारणा, पर्यटन क्षेत्रको बिकासका लागि सरकारले अघि सारेको कार्ययोजनालाई सवै मिलेर कार्यान्वय गर्न सके नेपालमा अपेक्षित भन्दा धेरै पर्यटक भित्रने दावी ।

८. धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक साताको पहिलो दिन दोहोरो अंकले उकालो लाग्यो, आइतबार नेप्से परिसूचक १० दशमलव २७ अंकले उकालो लागेर २ हजार १ सय २३ दशमलव ८२ मा पुग्यो, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक तीन दशमलब १० अंकले उकालो लागेर ४ सय ९ दशमलव ५५ कायम ।

९. संयुक्त राष्ट्रसंघ एक चीन नीतिको पक्षमा, राष्ट्रसंघ महासभाले पारित गरेको एक चीन नीतिको पक्षमा विश्व सङ्गठन रहेको महासचिव एन्टोनियो गुटेरेसको भनाइ, इरानमाथि दबाब बढाउन अमेरिकाद्वारा प्रतिबन्धलाई निरन्तरता, सरकारले इन्धनको मूल्य ५० प्रतिशतभन्दा बढी वृद्धि गरेपछि बंगलादेशभरि विरोध प्रदर्शन ।

१०. दोस्रो संस्करणको पाटन प्रिमियर लिग (पिपीएल) क्रिकेट प्रतियोगिता आगामी असोजमा हुने, असोज १ गतेदेखि दोस्रो पिपीएल खुला पुरुष टी–२० क्रिकेट प्रतियोगिता हुने आयोजक पाटन क्रिकेट क्लवद्वारा जानकारी, प्रतियोगिताका विजेताले १ लाख ११ हजार १ सय ११ नगद र उपविजेताले ५५ हजार ५ सय ५५ नगदसहित प्रमाणपत्र पाउने ।


प्रतिक्रिया दिनुहोस्