
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली रौतहट जाँदै छन् ।
ओलीले सोमबार गौरमा हुने जनसभालाई सम्बोधन गर्ने कार्यक्रम छ । एमाले रौतहटको आयोजनामा पार्टी प्रवेश तथा वृहत जनसभा कार्यक्रममा प्रमुख अतिथिको रुपमा ओली आउने एमाले रौतहटका सचिब बाल बिक्रम कार्की जानकारी दिए ।
गौरका पूर्व नगर प्रमुख अजय गुप्ता लगायत विभिन्न पार्टी परित्याग गरेर एमालेमा प्रवेश गर्ने बताइएको छ ।














