Logo
Logo

चुनावी माहोल बनाउन महरा दाङमा


1.7k
Shares

दाङ । गृहजिल्ला दाङमा रहेका नेकपा माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महरा निर्वाचनको माहोल बनाउन व्यस्त छन् ।

मंसिर ४ गतेको प्रदेश र प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै दाङको २ नं निर्वाचन क्षेत्रमा केन्द्रीत भएका हुन् । साउन १९ गते दाङ आएका महाराले जनतासँग भेटघाट, छलफल गर्नुका साथै विकास निर्माण अवस्थाका विषयमा अवलोकन गरेका छन् ।

उनले पार्टी र गठबन्धनका जिल्ला नेतासँग निर्वाचनको रणनीतिका विषयमा पनि कुरा गरिरहेका छन् । यौन दुराचारको आरोप लागेपछि महराको छवि पहिलेभन्दा खस्किएको छ । यद्यपी उनले उक्त अरोपमा सफाइ पाएका थिए ।

आगामी निर्वाचनमा सो क्षेत्रमा एमाले महासचिव शंकर पोखरेल पनि उठ्ने भएका छन् ।

प्रतिक्रिया दिनुहोस्