Logo
Logo

दुईपटक चुनाव जितेका नेतालाई तेस्रोपटक टिकट नदिइयोस् : खिमलाल देवकोटा


2k
Shares

काठमाडौं । राष्ट्रिय सभाका सदस्य खिमलाल देवकोटाले लगातार दुईपटक चुनाव जितेका नेताहरुलाई तेस्रोपटक टिकट दिन नहुने बताएका छन् ।

राष्ट्रिय सभाको सोमबारको बैठकको विशेष समयमा बोल्दै उनले दुईपटक चुनाव जितिसकेका नेतालाई बीचमा एकपटक रोकेर, चौथोपटक दिन सकिने बताए । उनले भने, ‘लगातार दोस्रोपटक चुनाव जितेकालाई तेस्रोपटक टिकट नदिइयोस्, बरु चौथो पटक दिनुहोस्। नेतालाई बाँध्न खोजे ‘वाल’ नै भत्काइदिन्छ, उपद्रो मच्चाउँछन्, संविधान नै च्यातिदिन्छन् ।’

सांसद देवकोटाले निर्वाचनको मिति घोषणा भइसकेपछि सरकार कामचलाउमा परिणत भएको बताए । कामचलाउ भइसकेको सरकारले दीर्घकालीन प्रभाव पार्ने र महत्त्वका निर्णयहरु गर्न नमिल्ने उनको भनाइ छ ।

प्रतिनिधि सभाको निर्वाचन घोषणा भइसकेपछि सभामुख र उपसभामुख बाहेक सांसद (प्रतिनिधि सभा सदस्य)को पनि कार्यकाल समाप्त हुने उनको भनाइ छ । उनले भने, ‘कार्यकाल समाप्त भएका सांसदहरुको नाममा बैठक राख्न मिल्दैन। पसल खोल्न मिल्दैन। राज्यको दोहन बन्द होस् ।’

प्रतिक्रिया दिनुहोस्