Logo
Logo

नागरिकतामा अपमानजनक नाम राख्न नपाइने



काठमाडौं । गृह मन्त्रालयले नाम र थरमा अपमानजनक शब्द प्रयोग गरेर नागरिकता प्रमाणपत्र जारी नगर्ने भएको छ ।

मन्त्रालयले सोमबार विज्ञप्ति जारी गर्दै यसअघि अपमानजनक शब्द प्रयोग गरी जारी भएका नागरिकताको प्रमाणपत्रमा सम्बन्धित व्यक्तिले सच्याउन माग गरे प्रक्रिया पुर्‍याएर सच्याउन पनि दिने भएको छ ।

मन्त्रालयले नाम र थरमा अपमानजनक शब्द राखी नागरिकता प्रमाणपत्र जारी भएको विषयमा ध्यानाकर्षण भएको उल्लेख गरेको छ ।

अबदेखि नाम र थरमा अपमानजनक शब्द राखेर नागरिकता प्रमाणपत्र जारी नगर्ने व्यवस्था मिलाइएको उक्त विज्ञप्तिमा उल्लखे छ ।

हेर्नुहोस् गृह मन्त्रालयको विज्ञप्ति

प्रतिक्रिया दिनुहोस्