Logo
Logo

सत्ता गठबन्धनको कार्यदल संयोजक कृष्ण सिटौला



काठमाडौं । सत्तारुढ गठबन्धनका दलहरुले चुनावी तालमेलको खाका बनाउन गठन गरेको कार्यदलको संयोजकमा नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौला चयन भएका छन् ।

सोमबार बालुवाटारमा बसेको बैठकले सिटौलालाई संयोजक तोकेको एक नेताले जानकारी दिए । कार्यदलमा काँग्रेसबाट सिटौला, ज्ञानेन्द्रबहादुर कार्कीसहित महामन्त्री गगन थापा रहेका छन् ।

माओवादी केन्द्रबाट वर्षमान पुन, अर्थमन्त्री जनार्दन शर्मा, नेकपा एकीकृत समाजवादीबाट प्रमेश हमाल र महासचिव बेदुराम भुसाल, जनता समाजवादी पार्टीबाट रामसहाय यादव र रकम चेम्जोङ तथा राष्ट्रिय जनमोर्चाबाट हिमलाल पुरी र आनन्द शर्मा सदस्य छन् ।

गठबन्धनको अर्को बैठक साउन २६ गते दिउँसो ४ बजे बस्नेछ ।

प्रतिक्रिया दिनुहोस्