Logo
Logo

हरिकृष्ण कार्कीले पाए कामु प्रधानन्यायाधीशको जिम्मेवारी



काठमाडौं । सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीश हरिकृष्ण कार्कीले कामू प्रधानन्यायाधीशको जिम्मेवारी पाएका छन् ।

कामू प्रधानन्यायाधीश दीपककुमार कार्की विदामा बसेपछि कार्कीले आइतबारदेखि नै कामू प्रधानन्यायाधीशको रुपमा जिम्मेवारी पाएका हुन् ।

सर्वोच्चका एक अधिकारीले भने, ‘कामू प्रधानन्यायाधीशज्यूले कोरोना संक्रमणका कारण विदा लिनुभयो, त्यसैले उहाँ अदालत आउन मिलेन । उहाँ बिदामा बसेपछि हरिकृष्ण कार्कीले जिम्मेवारी सम्हाल्नुभएको हो ।

प्रतिक्रिया दिनुहोस्