
काठमाडौं । आज विश्व आदिवासी दिवस विभिन्न कार्यक्रम गरी संसारभर मनाइँदैछ ।
संयुक्त राष्ट्र संघले अगस्ट ९ तारिखलाई विश्व आदिवासी दिवस घोषणा गरेपछि सन् १९९४ देखि हरेक वर्ष यो दिवस मनाउने गरिएको छ । दिवसका अवसरमा सप्ताहव्यापी कार्यक्रम भईरहेका छन् ।
नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा आज विशेष कार्यक्रम हुँदैछ । दिवसको नारा ‘आदिवासी ज्ञानको संरक्षण र पुस्तान्तरणमा आदिवासी महिलाको भूमिका’ तय गरिएको छ ।
यसैबीच, दिवसका अवसरमा तनहुँका ६ वटा पालिकाले सार्वजनिक बिदा दिएका छन् । शुक्लागण्डकी, भानु, व्यास नगरपालिकासहित म्याग्दे, ऋषिङ र घिरिङ गाउँपालिकाले बिदा दिने निर्णय गरेका हुन् ।











