Logo
Logo

निर्वाचनका लागि एमालेले आज दल दर्ता गर्ने


819
Shares

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रदेश र प्रतिनिधि सभा निर्वाचनका लागि आज दल दर्ता गर्ने भएको छ ।

मंसिर ४ मा हुने निर्वाचनका लागि एमालेले आज दिउँसो निर्वाचन आयोगमा दल दर्ता गर्ने भएको हो । पार्टीका उपाध्यक्ष युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, रामबहादुर थापा, महासचिव शंकर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवाली, उपमहासचिव तथा निर्वाचन विभाग प्रमुख विष्णु रिमाललगायतका नेता कार्यकर्ता दिउँसो १२:३० बजे आयोग पुग्ने तयारी छ ।

निर्वाचन आयोगले आमनिर्वाचनका लागि लागि साउन २२ देखि ३१ गतेभित्र दल दर्ताका लागि आह्वान गरेको थियो । आयोगले असोज २३ गते उम्मेदवारको मनोनयन गर्दा गर्ने गरि निर्वाचन कार्यतालिका स्वीकृत गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्