Logo
Logo

धनकुटा चिनाउने गीत बनाउँदै कलाकार



धनकुटा । धनकुटाको पहिचान, गौरव र समृद्धीका लागी अभियान संचालन गरिने भएको छ ।

सोमबार धनकुटा–काठमाडौं साँस्कृतिक समाजले नेपाल पत्रकार महासंघ धनकुटाको संचार हलमा साहित्य र कलाको माध्यमबाट जिल्लाको विकासमा योगदान दिने विषयमा छलफल भएको हो । समाजका अध्यक्ष कर्णवहादुर राईको संयोजकत्वमा कार्यक्रम भएको थियो ।

नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष विजय सन्तोषी राई, नेपाल पत्रकार महासंघ धनकुटाका उपाध्यक्ष विदुर खवास, धनकुटा काठमाडौं सास्कृतिक समाजका सल्लाहकार रमेशचन्द्र अधिकारी लगायतले कलाकर्मीले धनकुटाका समृद्धी र विकासका लागी महत्वपूर्ण भूमिका खेल्नसक्ने बनाएका छन् ।

समाजका अध्यक्ष राई, सचिव पदमकुमार राई, कोषाध्यक्ष बिमला राई, सदस्य राजेन्द्र राई लगायतले बोलेका थिए । धनकुटा–काठमाडौं साँस्कृतिक समाजले धनकुटाका लागी स्थानीय गित तयार गर्ने, डकुमेन्टी निर्माण गर्ने याेजना उनीहरूकाे थियाे ।

धनकुटामा लुकेर रहेका प्रतिभालाई सहयोग गर्ने, पुराना र अग्रज कलाकारलाई सम्मान लगायतका काम गरेर कलाकारीताको माध्यमबाट जिल्लालाई चिनाउन भूमिका खेल्ने प्रतिबद्धता जनाए ।

प्रतिक्रिया दिनुहोस्