
काठमाडौं । सिसडोल–बञ्चरेडाँडामा काठमाडौंको फोहोर खन्याउन स्थानीयले अवरोध गरेका छन् ।
आफूहरूको मागलाई बेवास्ता गरेको भन्दै उनीहरुले फोहोर बोकेका १४ वटा टिपर र सडक निर्माणमा प्रयोग गरिएका ३ वटा डोजर तोेडफोड गरेका छन् ।
मानवबस्तीलाई फोहोरमैलाबाट अलग गर्ने सहमति कार्यान्वयन नगएको भन्दै बञ्चरेडाँडा ल्यान्डफिल साइट प्रभावित क्षेत्र सरोकार समितिले भदौ १ बाट फोहोर फ्याक्न नदिने चेतावनी दिएको थियो ।
स्थानीयको अवरोध हटाउन माग गर्दै महानगरले काठमाडौं प्रशासन र धादिङ प्रशासनलाई पत्राचारसमेत गरेको छ ।
महानगरसँग १८ बुँदे सम्झौता भएपछि केही समय फोहोर खन्याउन दिएपनि पुनः स्थानीयले अवरोध गर्न थालेका छन् ।














