Logo
Logo

नर्भिक अस्पतालको संरचना २४ घन्टाभित्र भत्काउन बालेनको अल्टिमेट


4.4k
Shares

काठमाडौं । नर्भिक अस्पतालले बनाएका संरचना तत्कालै भत्काउन नसक्ने दावी गरेको छ । सोमबार काठमाडौं महानगरका मेयर बालेन शाह नर्भिक अस्पताल नै पुगेर २४ घन्टाभित्र उक्त जग्गा खाली गर्न सूचना दिएका थिए ।

त्यसपछि मंगलबार पत्रकार सम्मेलन गर्दै नर्भिक अस्पतालका अध्यक्ष राजेन्द्रबहादुर सिंहले अस्पतालले बनाएको संरचना तत्काललै भत्काउन सम्भव नरहेको दावी गरे ।

मेयर शाहले कुनै अग्रिम जानकारीबिनै अस्पताल पुगेर भत्काउन सूचना दिएको सिंहले बताए । २०६५ सालमा नेपाल सरकारसँग सम्झौता गरी जग्गा लिजमा लिएको र उक्त सम्झौतामा जग्गाको स्वरूप बिगार्न नपाइने मात्र उल्लेख भएको अध्यक्ष सिंहले बताए ।

अध्यक्ष सिंहले भने, ‘बाटो नभएको जग्गा वार्षिक ३३ हजार रुपैयाँ भाडा दिने गरी सम्झौता भएको थियो । प्रत्येक वर्षमा १० प्रतिशत भाडा बढ्ने सम्झौता भएको थियो ।’ जग्गाको भाडा वार्षिक ८४ हजार पुगेको सिंहले बताए ।

सम्झौता बमोजिम भाडा र नियमित कर अस्पतालले तिर्दै आएको र जग्गामा लिएको १२ वर्ष भइसकेको र अझै आठ वर्ष बाँकी रहेको सिंहले बताए । महानगरले खाली गर्न भनेको उक्त जग्गाबाट अत्यावश्यक वस्तुहरूको सप्लाई भइरहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्