काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बोल्न थालेपछि कार्यक्रममा होहल्ला भएपछि आफ्नो भाषण २० मिनेटमै टुङ्ग्याएका छन् ।

मंगलबार भएको एक कार्यक्रममा ओलीले बोल्न सुरु हुनासाथ सहभागीहरू कार्यक्रम लामो भएको भन्दै होहल्लासहित खाजा खान थालेपछि एकछिन ओली समेत छक्क परेका थिए ।
त्यसपछि उनले आफ्नो भाषण २० मिनेटमै टुङ्ग्याए । एकछिन बोल्न रोकिएका ओलीले दर्शक दीर्घमा हेर्दै के भएको ? भनेर जिज्ञासा राखेको एक नेताले जानकारी दिए ।
ओलीले शान्त हुन आग्रह पनि गरे पनि ओलीको आग्रह सवैले सुनेन् । तैपनि ओलीले आफ्नो मन्तव्य जारी राखे । त्यतिसम्म पनि हल्ला नरोकिएपछि ओलीले कार्यक्रम लामो हुँदा धेरैलाई पट्यार लाग्न सक्ने भन्दै आफ्नो मन्तव्य सकाएको घोषणा गरे ।














