Logo
Logo

बाबुराम पनि सत्ता गठबन्धनमै


2.4k
Shares

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईवीच भेटघाट भएको छ ।

मंगलबार अपराह्न बालुवाटारमा भएको भेटमा काँग्रेसका सभापति समेत रहेका देउवाले डा. भट्टराई पनि पाँच दलीय सत्ता गठबन्धनमा समेट्ने बचन दिएका छन् ।

छलफलमा डा. भट्टराईलाई सँगै लिएर जान गठबन्धन तयार रहेको प्रधानमन्त्री देउवाले बचन दिए । त्यस्तै, डा. भट्टराईले पाँच दलीय गठबन्धनमा राख्न प्रस्ताव राखेपछि देउवाले यस्तो प्रतिबद्धता जनाएका हुन् ।

प्रधानमन्त्री देउवाले सीट बाँडफाँड गर्न बनेको कार्यदलमा समेत डा. भट्टराई नेतृत्वको पार्टीको प्रतिनिधित्व गराउने विषयमा गठबन्धनमा सल्लाह गर्ने बचन दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्