Logo
Logo

रसुवाबाट रोकिएन सुन तस्करी, सिडिओ र डिएसपी बेखबर


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, १६ साउन
रसुवा नाका हुँदै ठूलो मात्रामा सुन तस्करी भइरहेको खुलेको छ । एक सातामा प्रहरीले रसुवाबाट सुन बोकेर काठमाडौं आएका दुई युवकलाई पक्राउ गरेको छ ।
बा ९ प २७२६ नम्बरको मोटरसाइकलमा काठमाडौं आउँदै गरको रसुवा गोसाईकुण्डका ३२ वर्षिय पेम्बा दिण्डुप तामाङ एक केजी सुनसहित पक्राउ परेका छन् । नागढुंगामा प्रहरीले उनलाई पक्राउ गरेको हो ।


गत साता दुई किलोसहित रसुवाकै एक युवक पक्राउ परेका थिए ।
काठमाडौंमा यसरी बारम्बार सुन बरामद हुँदा पनि रसुवामा भने बरामद हुन सकेको छैन । यसले प्रहरीको मिलेमतो र असक्षमता देखाउँछ ।
रसुवामा हाल अर्जुन भण्डारी सिडिओ तथा मित्र भागेन्द्रपुरुष ढकाल छन् । उनीहरु दुवै जना गृहमन्त्रीमार्फत सोर्सफोर्स लगाएर सरुवा भएका हुन् । तर, जिल्लामा तस्करी रोक्न सकेका छैनन् ।

प्रतिक्रिया दिनुहोस्