Logo
Logo

लोक सेवाविरुद्धको आन्दोलनमा विदेशी लगानी, देउवा र बाबुराम पनि संलग्न ?


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, १६ साउन
देशको सिष्टममा चलेको र नागरिकको विश्वास भएको एउटै संस्था छ– लोक सेवा आयोग । आयोगभित्र यस्तो सिस्टम बनाइएको छ, जसको आयोगको परिक्षालाई निष्पक्ष बनाएको छ । जसबाट देशका हजारौं सर्वसाधरणको भविष्य बनेको छ ।


तर, त्यही एउटा संस्थालाई पनि धरासायी बनाउने खेल सुरु भएको छ । लोक सेवालाई कमजोर बनाउन डलरको समेत लगानी भएको छ । समाबेशीताको नाममा भइरहेको लोक सेवाविरुद्धको आन्दोलनमा विभिन्न आइएनजिओहरुको लगानी रहेको रिपोर्ट राष्ट्रिय अनुसन्धान विभागले सरकारलाई बुझाएको छ ।
सो आन्दोलनमा विभिन्न संघ संस्थामा आबद्ध जनजातीहरु मात्र थिए । मधेसी, पिडिएको क्षेत्र, दलित समूदाय कमै थिए । त्यसकारण समाबेशिताको नाममा आयोग र देशलाई नै कमजोर बनाउने उदेश्यले सो आन्दोलनमा आईएनजिओहरुले लगानी गरेका थिए । डा.बाबुराम भट्टराई जस्ता नेताहरु समेत जातिय मतको लोभमा यस्तो आन्दोलनमा लागेका थिए । देशभरीको कर्मचारी भर्ना एकमुष्ठ गर्नुपर्ने र त्यसो गर्दा समाबेशीताको संख्या बढ्दै भन्दै कुतर्क गरेर सर्वसाधरणलाई भ्रमित बनाई आन्दोलन गरिएको थियो । प्रत्येक स्थानीय तहका स्वतन्त्र रहेको र सबैलाई छुट्टाछुट्टै्र कर्मचारी भर्ना गर्नुपर्ने मागअनुसार लोक सेवाले बिज्ञापन निकालेको थियो । तर, सबै जोडेर एकमुष्ठ रुपमा बिज्ञापन गर्नुपर्ने कुतर्क गरेर आयोगलाई बदनाम गरिएको थियो ।
विदेशीहरु नेपाललाई कमजोर बनाएर फाइदा लिन सक्रिय रहेको कुरा त धेरै वर्ष पहिलेदेखि नै प्रष्ट भइसकेको छ । तर, नेपालकै जिम्मेवार नेताहरु समेत यस्तै गतिविधिमा संलग्न हुन थालेका छन् ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले समेत लोक सेवा आयोगलाई कमजोर बनाउने प्रयास गरेका छन् । शुक्रबार आयोजित एक कार्यक्रममा उनले लोक सेवा आयोगमा समेत सोर्सफोर्स चल्न थालेको भनेर विवादास्पद अभिव्यक्ति दिएका छन् । जसबाट आयोगका अधिकारी मात्र होइन समग्र कर्मचारीहरु समेत चकित भएका छन् ।
सरकारको आलोचना गर्ने क्रममा उनले यस्तो अभिव्यक्ति दिएका हुन् । तीन पटक प्रधानमन्त्री भइसकेका देउवालाई लोक सेवा आयोगको सिष्टमबारे थाहा हुनुपर्ने हो । जहाँ अन्र्तवार्ता समेत निष्पक्ष होस् भनेर निश्चित मापदण्ड बनाइएको छ । जसकारण आयोगका कुनै पनि भर्ना विवादमा परेका छैनन् । तर, एक जिम्मेवार नेताले नै यस्तो आरोप लगाएपछि स्वभाविक रुपमा सर्वसाधरणमा आयोगप्रतिको विश्वासमा शंका उत्पन्न भएको छ ।
तर, देउवाको यो बोलीप्रति कांग्रेसकै नेताहरुले समेत आश्चर्य मानेका छन् । पूर्व प्रशासकहरुले कडा टिप्पणी गरेका छन् । पूर्व सचिव शारदाप्रसाद त्रितालले देउवाको यस्तो भनाई दुभाग्र्यपूर्ण भएको बताउँछन् । उनी भन्छन््,‘ कि त बुढ्यौलीको कारण उहाँको स्मरणशक्ति कम भएको छ, नत्र उहाँले प्रधानमन्त्री हुँदा लोकसेवामा लिखित पास गर्नेहरुको लागि भनसुन गर्ने गर्नु हुन्थ्यो । र अहिले उहाँको लामो अनुभवका आधारमा उहाँले गर्ने गरेको अभ्यास ओकलिएको हो । यदि यसो हो भने उहाँलाई उहाँका आसेपासे र चम्चाहरुले गुमराहमा राखेर उहाँको नामबाट आर्थिक वा अन्य अनुचित फाइदा उठाइरहेका छन् भन्ने पनि स्पष्ट हुन्छ ।’
लोक सेवा आयोगका अध्यक्ष उमेशप्रसाद मैनालीले सोमबार एक लेखमार्फत आयोगलाई सिध्याउने ग्रान्ड डिजाइन भइरहेको बताएका छन् । पपुलिजमका नाममा देशमा योग्यताक्रम भत्काउने खेल भइरहेको उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्