Logo
Logo

बरिष्ठ छायाँकार विदुर पाण्डेको निधन



काठमाडौं । बरिष्ठ छायाँकार विदुर पाण्डेको निधन भएको छ । बुधबार बिहान हृदयघातका कारण उनको निधन भएको चलचित्र प्राविधिक संघले जनाएको छ ।

संघका अध्यक्ष पुस्कर लामाका अनुसार पाण्डेलाई सीतापाइलास्थिति आफ्नै घरमा हृदयाघात भएपछि उपचारका लागि गंगालाल अस्पताल पुयाइएको थियो । अस्पतालका चिकित्सकले उनलाई मृत घोषित गरेका हुन् । उनी ५४ बर्षका थिए ।

पाण्डेले ‘कागबेनी’लगायत केही फिल्म छायांकन गरेका पाण्डे म्युजिक भिडियोका लोकप्रिय छायाँकार हुन् । उले हजारौँ म्युजिक भिडियो र थुप्रै विज्ञापन चलचित्र उनले छायांकन गरेका छन् । पाण्डेको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने परिवारले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्