Logo

काम गर्न सकिन भने पदमा बस्दिनः योगेश भट्टराई


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, १६ साउन ।
मन्त्री भएपछि आएको बधाईलाई आफूले ठूलो चुनौतीका रुपमा लिएको नवनियुक्त पर्यटनमन्त्री योगेश भट्टराईले बताएका छन् । चुनौतीलाई सामना गर्दै आफू अघि बढ्ने उनको भनाई छ ।


आफूले सोचेअनुरुप काम गर्न नसके पद मात्रै ओगटेर नबस्ने समेत उनले बताएका छन् । बिहीबार तत्कालीन एमालेको पार्टी कार्यालय बल्खुस्थित मदन भण्डारीको शालिकमा माल्यार्पण गर्दै मन्त्री भट्टराईले आफू असफल भएको महसुस हुनासाथ पद छाड्ने बताए। ‘जुन दिन मैले कम गर्न सकिन् भन्ने महसुस हुन्छ त्यही दिन म पद छाड्छु’, उनले भने।
पत्रकारसँग कुरा गर्दै नेता भट्टराईले नेपाललाई विश्वकै उत्कृष्ट पर्यटकीय गन्तब्य बनाउन आफू लागि पर्ने बताए।
मन्त्रीहरुसँग प्रधानमन्त्रीले करार सम्झौता गरेपछि मन्त्री नियुक्त भएका भट्टराईले प्रधानमन्त्रीसँग करार सम्झौता गरेर उहाँकै निर्देशनमा अगाडि बढ्ने बताए।
केही दिनभित्रै आफूले प्रतिवद्धतापत्र तयार गरेर अगाडि बढ्ने उनको भनाई थियो। ‘केही दिनभित्रै मन्त्रालयका कामकारबाहीको बारेमा, त्यहाँका विवादास्पद कतिपय विषयहरुको बारेमा र हामीले लिनुपर्ने निर्णयबारे आम जनतालाई जानकारी गराउँछु’, उनले भने।
बल्खुपछि मन्त्री भट्टराई बिहानै पेरिसडाँडास्थित पूर्व माओवादीको कार्यालयमा पुगेर सहिदहरुको शालिकमा माल्यापर्ण गरेका थिए।

प्रतिक्रिया दिनुहोस्