Logo
Logo

राज्यलाई ट्रयापमा पार्नेहरुलाई छोडिदैन : मन्त्री चौधरी



काठमाडौं । सहरी विकासमन्त्री मेटमणि चौधरीले राज्यलाई ट्रयापमा पार्ने गिरोहलाई नछाड्ने बताएका छन् । मंगलबार साँझ एक टेलिभिजनबाट प्रशारण भएको बहस कार्यक्रममा बोल्दै मन्त्री चौधरी सो धारणा राखेका हुन् ।

फाइल फोटो

‘आफू मन्त्री भइसकेपछि तपाईँलाई मन्त्री मैले बनाएको हुँ । फेरि पनि मन्त्री बनाउँछुसम्म भन्न केही मान्छे आएका थिए । भनेपछि बुझ्नुस् देश कसरी चलाउन खोजिएको छ । कस्ता मान्छेहरु राज्य सत्ताको वरिपरि घुमिरहेका छन्’ उनले भने ।
यसअघि सहरको नक्सांकन गर्नेहरुले, ठेकेदारहरुले नाफा कसरी कमाउने भन्नेमात्र सोचेकाले आज अधिकांश सहर बिग्रिएको बताउँदै मन्त्री चौधरीले विकासमा जनतालाई जोड्ने मोडेलले मात्र सफलता प्राप्त हुने बताए ।

‘यसअघि उपभोक्तामार्फत् अर्थात् जनतामार्फत् हुने १ करोड मुनिका योजनाहरु रोक्नुभएको थियो । त्यसमा अदालतको समेत स्टे–अर्डर आइसकेको छ’ उनले भने, ‘मैले तत्काल खोल्न निर्देशन पनि दिइसकेको छु । ठेकेदारमार्फत् जम्मै काम गराउने कुरा उचित छैन । ठेक्का लिने, समय गुजार्ने, खर्च बढाउने, ठेक्का लिएर भाग्नेदेखि लिएर जम्मै बर्बाद पार्नेसम्म भइरहेको छ । ठेकेदारले त योजनालाई दुहुनो गाई बनाइरहेका छन् ।’

आफ्नो कार्यकाल छोटो भएतापनि फोहोर व्यवस्थापन र सवारी जामको स्थायी समाधान गर्ने बताएका मन्त्री चौधरीले काठमाडौँसँग जोडिएका ३ वटा ठूला सहर बनाउने, गैरकानुनी ढंगले बनाइएका भवन हटाउनेदेखि लिएर भूकम्पीय दृष्टिले जोखिमयुक्त अपार्टमेन्टबारेसमेत अध्ययन गरिरहेको बताए ।

प्रतिक्रिया दिनुहोस्