Logo
Logo

महान्यायाधिवक्ता खम्बबहादुरलाई निलम्बन गर्न महेश बस्नेतको माग



काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेका सांसद महेश बस्नेतले महान्यायाधिवक्ता खम्बबहादुर खातीलाई निलम्बन गर्न माग गरेका छन् ।

बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद बस्नेतले तत्काल प्रधानमन्त्री शेरबहादुर देउवालाई खातीलाई महान्यायाधिवक्ताबाट निलम्बन गर्न माग गरे ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालीन आयुक्त राजनारायण पाठकलाई ७८ लाख रुपैयाँ घुस दिएर चाँगु नारायण इन्जिनियरिङ कलेजको मुद्धा दबाउन खोजेको उनले आरोप लगाए ।

बस्नेतले लम्बोदर न्यौपाने र खातीबीच यही साउन १९ गते भेटवार्ता भएको र सोको उदेश्य सर्वोच्च अदालतमा विचाराधीन मुद्दालाई प्रभावित गरेर उच्च अदालतले ठगी हैन बेरुजु भनेको मुद्दालाई प्रभावित गर्न खोजेको आरोप लगाए ।

‘खम्बबहादुर खातीले ललितपुरको इमाडोलस्थित १३ वर्षीय बालिकामाथि भएको मुद्दा दबाउने भूमिका खेल्नुभएको छ । बुढीगंगा गाउँपालिकामा आफ्नो दाइलाई जिताउन बुथ कब्जादेखि अनेक हर्कत गर्नुभएको छ’, उनले भने, ‘बालुवाटार प्रकरणमा सीआईबीले २०७८ पौषमा पेस गरेको फाइल अनुसन्धान पूरा नभएको भनेर फिर्ता पठाउने र हदम्याद गुजार्ने काममा लाग्नुभएको छ ।’

प्रतिक्रिया दिनुहोस्