Logo
Logo

डान्स रियालिटी शो ‘सुपर डान्सर नेपाल’ आजबाट



काठमाडाैं । डान्स रियालिटी शो ‘सुपर डान्सर नेपाल’ आजबाट प्रसारण सुरु हुँदै छ ।

एडी रिलिजको आयोजनमा बिहीबार राति ९ बजेबाट कान्तिपुर टेलिभिजनमार्फत प्रसारण हुन लागेको हो ।

यो रियालिटी शो हरेक बिहीबार र शुक्रवार कान्तिपुर टेलिभिजनमा प्रसारण हुनेछ । शोका निर्णायकमा अभिनेता भुवन केसी, अभिनेत्री जसिता गुरुङ र कोरियोग्राफर सुरेन राई छन् ।

कार्यक्रमको होस्टमा कविता नेपाली र विल्सनविक्रम राई छन् । शोको निर्देशक भुषण दाहाल हुन् ।

शोका लागि काठमाडौं, पोखरा, इटहरी, हेटौंडा, बुटवल, नेपालगञ्जमा फिजिकल अडिसन र नेपाल बाहिर नेपाली भाषीको बाहुल्यता भएको स्थानमा डिजिटल अडिसन गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्