Logo
Logo

‘मिस्टर एण्ड मिस थारु’मा २५ जना प्रतियोगी भिड्दै



काठमाडौं । थारु कला, संस्कृति प्रवद्र्धनका लागि आयोजित सौन्दर्य प्रतियोगिता ‘मिस्टर एण्ड मिस थारु–२०२२’ २५ प्रतियोगी छनोट भएका छन् ।

देशका विभिन्न ७ जिल्लामा गरिएको अडिसनबाट पुरुष र महिला गरि २५ जना छनोट भएको आयोजकले जनाएको हो ।
मोरङको विराटनगर, सिराहाको लहान र कैलालीको टिकापुरमा अडिसनबाट दुई पुरुष र एक महिला गरि तीन जना छनोट भएका छन् । छनोट हुनेमा प्रविन कुमार खाँ, विके दनुवार र स्वस्तिका चौधरी रहेका छन् ।

यस्तै लहान अडिसनबाट रञ्जु चौधरी, सिम्रन चौधरी र भानु चौधरी छनोट भएका छन् । त्यसैगरि टिकापुर अडिसनबाट नोयन्द्र चौधरी, उमंग चौधरी र बिना धमलवाहा थारु छनोट भएका छन् । यस्तै, शनिबार भएको झुम्का अडिसनमा १२ जना सहभागी जनाएकोमा सविना चौधरी, बन्धना चौधरी र आशिष चौधरी छनोट भएका छन् ।

त्यस्तै वीरगञ्ज अडिसनबाट मुस्कान चौधरी, निशा चौधरी र करिना चौधरी गरी तीन जना छनोट भएका छन् । चितवनको भरतपुरमा भएको अडिसनबाट सोनु महतो पंजियार, सुरेश दहित, रुपा चौधरी र स्मृति चौधरी थारु गरी ४ जना छनोट भएका छन् ।

त्यस्तै, नेपालगञ्जमा अडिसनमा आशिष थारु, निशान थारु, अशोक थारु, लालबहादुर रत्गैया, भावना चौधरी र माया चौधरी गरि ६ जना छनोट भएको आयोजक जहइन्टरटेनेमन्ट प्रा.लि.का प्रमुख कार्यकारी अधिकृत (सिइओ) सुरेश चौधरीले जानकारी दिए ।
उनका अनुसार प्रतियोगिताको अन्तिम अडिसन यही साउन २८ गते शनिबार काठमाडौं, बुटवल र दाङमा हुनेछ ।

यस अडिसनपश्चात छनोट भएकाहरुलाई काठमाडौंमै राखेर प्रशिक्षण दिइने प्रतियोगिताका निर्देशक रुपेश चौधरीले जानकारी दिए । प्रतियोगिताका विजेताले नगद, क्राउनलगायतका उपहार पाउनेछन् ।

प्रतिक्रिया दिनुहोस्