Logo
Logo

दिपक, डम्बर र रुकमानको ‘समायोजन’ : भिडियोमा ‘नढाटन हौँ’ (भिडियोसहित)



काठमाडौं । गायक दिपक लिम्बुको एकल गायन र डम्बर नेपालीको एकल शब्द तथा संगीतमा ‘समायोजन’ नामक सांगीतिक कोशेली सार्वजनिक भएको छ ।

बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रमबीच सार्वजनिक एल्बममा ४ वटा गीत रहेका छन् । एक गीतमा गायक लिम्बुलाई त्रिशाला गुरुङले स्वरमा साथ दिएकी छन् ।

‘समायोजन’को निर्माण तथा ब्यबस्थापन रुकमान लिम्बुले गरेका हुन् । रुबुशा क्रियटिभ वर्क्सको प्रस्तुति रहेको उक्त एल्बममा समाबेश एक गीतको भिडियो समेत सार्वजनिक गरिएको छ । एल्बम बिमोचन कार्यक्रममा संगीतकार महेश खड्का, पारस मुकारुङ, मिलन चाम्स, प्रेम श्रेष्ठ, चन्द्रकुमार, हेमराज लिम्बलगायतको उपस्थिति थियो ।

कार्यक्रममा ‘नढाँटन हौ’ बोलको गीतको भिडियो देखाइएको थियो । युवराज वाइवाले निर्देशन गरेको भिडियोमा गायक दिपक लिम्बु र इशिका लिम्बु फिचर्ड छन् । एउटा सामान्य परिवारले देखेको सपना पूरा गर्न गरेको मिहिनेतलाई भिडियोमा चित्रण गरिएको छ ।

महेश पौडेलले छायाँकन गरेको भिडियोको सम्पादन विकास दाहालले गरेका हुन् भने लोमस पौडेलले सहायक निर्देशनको जिम्मेवारी सम्हालेका छन् ।

प्रतिक्रिया दिनुहोस्