Logo
Logo

ताइवानमाथि चीनको दबाब अमेरिकालाई स्वीकार्य हुन्न : पेलोसी



काठमाडौं । अमेरिकी सभामुख न्यान्सी पेलोसीले ताइवानमाथि चीनको दबाब अमेरिकालाई स्वीकार्य नहुने बताएकी छन् ।

ताइवानलाई अमेरिकाको साथ रहेको सन्देश दिनलाई नै आफूले ताइवान भ्रमण गरेको समेत उनले बताएकी छन् । उनको ताइवान भ्रमणलाई लिएर चीनले विरोध गरिरहेकै बेला उनले यस्तो बताएकी हुन् । पेलोसीले यही साउन १७ ताइवान भ्रमण गरेकी थिइन् ।

पेलोसीको ताइवान भ्रमणकै कारण पछिल्लो समय चीन–अमेरिका र चीन–ताइवानबीच तनाव बढेको छ । पेलोसी ताइवानबाट फर्किएलगत्तै चीनले ताइवान वरपर सैन्य अभ्याससमेत गरेको थियो ।

चिनियाँ सैन्य अभ्यास सकिएलगत्तै पेलोसीले ताइवानको लोकतन्त्रलाई समर्थन गर्न र ताइवान एक्लो नभएको सन्देश दिन आफूले त्यहाँको भ्रमण गरेको बताएको बीबीसीले जनाएको छ ।

समाचारमा उल्लेख भएअनुसार ताइवान भ्रमण टोलीको एक सदस्य ग्रेगरी मिक्सले पनि ताइवानलाई अमेरिकाको साथ छ भन्ने देखाउन त्यहाँ भ्रमण गरेको बताएकी छन् ।

प्रतिक्रिया दिनुहोस्