Logo
Logo

क्यान्सरविरुद्ध लडाइँ जितेपछि कोपिलाले ल्याइन्, ‘नाचौँ छम छम छम’ (भिडियो)



काठमाडौं । गायिका कोपिला गौतम गत वर्ष यही समयमा क्यान्सरसँग लड्दै थिइन् । जीवन-मृत्युको दोसाँधमा पुगेर पनि क्यान्सरविरुद्धकाे लडाइँ जित्न सफल भएकी उनै गायिका गौतमले यस वर्षको तीजमा चेलीबेटीलाई नचाउन नयाँ गीत ल्याएकी छन् ।

गायिका गौतमले तीजलाई लक्षित गरेर ‘नाचौँ छम छम छम’ बोलको गीत ल्याएकी छन् । उक्त गीतको भिडियो बिहीबार आफ्नै अफिसियल युट्युव च्यानलमार्फत सार्वजनिक गरेकी हुन् । सार्वजनिक गीतमा शब्द रचना र संगीत गोविन्द मधुर आचार्यको रहेको छ ।

‘नाचौँ छम छम छम’को भिडियोमा टिका जैसी र अनु पराजुलीले अभिनय एवं नृत्य गरेका छन्, लोकदोहोरी क्षेत्रका चर्चित कलाकार तथा निर्देशक शंकर बिसीले निर्देशन गरेका छन् ।

ओजपूर्ण शब्द, संगीत, स्वर र सशक्त अभिनय रहेको गीत सार्वजनिक गरेपछि गायिका गौतमले भनिन्, ‘जीवन साँचे हाँस्न नाच्न पाइदोरहेछ । मरेर कसैले केही लादैन, बाँचुन्जेल कसैलाई नरुवाउँ । सके बरु नचाऔं, हँसाऔं, बचाऔँ ।’

लोकदोहोरी तथा आधुुनिक गीतसंगीतमा परिचित इलामकी गायिका गौतमले केही बर्षयता तीज लक्षित गीत ल्याउँदै आएकी हुन् । यसअघि उनका पोखरा फेवाताल, आमाले पकाको दर राम्रो, मेरै घरमा बसेर दर खाउँला, चौतारी ताकेर जस्ता लोकप्रिय तीज गीतहरु बजारमा आइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्