काठमाडौं । नेकपा एमालेले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको नेतृत्वमा निर्वाचन घोषणापत्र मस्यौदा समिति गठन गरेको छ । एमाले सचिवालयको बिहीबार बसेको बैठकमा ८ सदस्यीय घोषणापत्र मस्यौदा समिति गठन गरेको हो । पोखरेल एमालेको नीति अनुसन्धान प्रतिष्ठानका प्रमुख हुन् ।

समितिमा उपाध्यक्षहरु अष्टलक्ष्मी शाक्य, रामबहादुर थापा, विष्णु पौडेल, महासचिव शंकर पोखरेल र उपमहासचिवहरु प्रदीप ज्ञवाली र विष्णु रिमाल सदस्य रहेको प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले बताए ।
आगामी मंसिर ४ गते सरकारले आमनिर्वाचन गराउने घोषणा गरेको छ । त्यसैगरी अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा निर्वाचन परिचालन कमिटी पनि गठन गरेको छ ।














