Logo
Logo
दृष्टिका १० हेडलाइन्स्

निर्वाचनको तायरीदेखि राष्ट्र बैंकको नीतिले साना ऋणी मर्कामा परेकोसम्म



१. प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन घोषणा भएसँगै रणनीति र एजेण्डा बनाउन तातिए दलहरु, पाँच दलिय गठबन्धन सिट बाँडफाँडमा जुट्यो, सिट बाँडफाँटबारेको खाका सोमबार टुंग्याउने, नेकपा एमालेले गठन गर्यो केन्द्रीय निर्वाचन परिचालन कमिटी, संयोजकत्वमा अध्यक्ष केपी शर्मा ओली ।

२. पाँच दलीय सत्ता गठबन्धन कार्यदलको बैठकमा निर्वाचन तालमेलका विभिन्न मोडालिटीबारे चर्चा, २०७४ सालमा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन तथा गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनलाई आधार मान्नेबारे छलफल, कार्यदलले निर्वाचनमा सिट बाँडफाँटको खाका बनाएर नेतालाई बुझाउने ।


३. प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा सत्ता गठबन्धनसँग जोडिन डा. बाबुराम भट्टराईको दौडधुप, नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटेका भट्टराईले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेता नारायणकाजी श्रेष्ठसँग पनि भेटे, निर्वाचनमा तालमेल र गठबन्धनबारे छलफल ।


४. नेकपा एमालेद्वारा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको नेतृत्वमा आठ सदस्यीय निर्वाचन घोषणापत्र मस्यौदा समिति गठन, समितिमा आठ सदस्य, समितिमा उपाध्यक्षहरु अष्टलक्ष्मी शाक्य, रामबहादुर थापा, विष्णु पौडेल, महासचिव शंकर पोखरेल र उपमहासचिवहरु प्रदीप ज्ञवाली र विष्णु रिमाल ।


५. नेपाल प्रहरी प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचनतर्फ केन्द्रित, भयरहित निर्वाचन गराउनका लागि शान्तिसुरक्षा प्रभावकारी बनाउनुपर्ने अवस्थालाई मध्यनजर गरी प्रहरीले थाल्यो तयारी, एक लाख २० हजार म्यादी प्रहरीको प्रस्ताव, समानुपातिक निर्वाचनसमेत हुने भएकाले यसपटक साविक सङ्ख्याभन्दा बढी म्यादी प्रहरी थपिने ।


६. कम्युनिष्ट पार्टीका कार्यकर्ता अध्ययनशील भई पठन संस्कृतिलाई प्रवद्र्धन गर्नुपर्ने नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको भनाइ, सिकेका ज्ञान, सीप तथा सिद्धान्तलाई व्यवहारमा कार्यान्वयन गरी ती सैद्धान्तिक विषयवस्तुका कार्यक्रमलाई प्रदेश, जिल्ला तहसम्म पु¥याउनुपर्नेमा जोड, मुलुकको विकास समृद्धिमा कम्युनिष्ट पार्टीप्रति जनताको अपेक्षा रहेकाले त्यस आदर्शप्रति समर्पित रहन आग्रह ।


७. राष्ट्र बैंकको मौद्रिक नीतिका कारण साना ऋणी मर्कामा, केन्द्रीय बैंकका अधिकांश नीति बैंक वित्तीय संस्थालाई पोस्ने खालको भएको नेपाल चेम्बर अफ कमर्सको आरोप, बैंक, वित्तीय संस्थाबाट ऋण लिएर उद्यम गर्न चाहने र साना–साना ऋणीहरू राष्ट्र बैंकको नीतिका कारण मर्कामा परेको भनाइ, नीतिबारे पुनरावलोकन गर्न आग्रह ।


८. धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचकको ओरालो यात्रा जारी, १८ दशमलव ९६ अंकले ओरालो लागेर दुई हजार ३७ दशमलव ९२ मा सीमित, ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इनडेक्स चार अङ्कले ओरालो लागेर तीन सय ९१ दशमलव ६७ मा झर्यो, कूल दुई सय २३ कम्पनीको ६२ लाख ९८ हजार छ सय ३८ कित्ता शेयर एक अर्ब ७६ करोड १० लाख २३ हजार ३९ रुपैयाँमा रिद बिक्री ।


९. मस्कोमाथि प्रतिबन्ध लगाउने बर्नको निर्णयको रुसद्वारा विरोध, स्विट्जरल्याण्डले आफ्नो तटस्थ हैसियत गुमाएको र रुसमा कूटनीतिक हैसियतले युक्रेनको प्रतिनिधित्व गर्न नसक्ने दाबी, सोमालियामा खडेरीका कारण १० लाख मानिस विस्थापित, भारत र बेलाइतबीच स्वतन्त्र व्यापार सम्झौताका लागि पाँचौं चरणको वार्ता ।


१०. कार्यसमिति भित्र देखिएको विवाद तत्कालका लागि समाधान गर्न अखिल नेपाल फुटबल संघ (एन्फा) सफल, सबैभन्दा बढी विवाद भएको अन्तर्राष्ट्रिय सम्बन्ध प्रमुख नवीन पाँडे बर्खास्त गरेर अध्यक्ष पंकजविक्रम नेम्बाङको सल्लाहकारमा नियुक्त, नरेन्द्र श्रेष्ठलाई मानार्थ अध्यक्ष चयन, किशोर राई वरिष्ठ मानार्थ उपाध्यक्ष ।

प्रतिक्रिया दिनुहोस्