Logo
Logo

सहरका एक इमान्दार ट्याक्सी चालक


- दृष्टि न्युज/संवाददाता


काठमाण्डौ, १६ साउन ।
ट्याक्सी चालकप्रति सर्वसाधरणको राम्रो दृष्टिकोण छैन । तर, सबै ट्याक्सी चालक गलत हुँदैनन् । एक जना इमान्दार ट्याक्सी चालकले यात्रुले छोडेको २ लाख ५० हजार रुपैयाँ फिर्ता गरेका छन् ।

बिहीबार बिहान सुन्धाराबाट न्यूरोड जाने क्रममा रुकुमको सिस्ने गाउँपालिका २ का विवेक खड्काको २ लाख ५० हजार रुपैयाँ बा २ ज ४१ ५५ नम्बरको ट्याक्सीमा छुटेको थियो ।
छुटेको रकम ट्याक्सी चालक सिन्धुलीका कुलबहादुर श्रेष्ठले महानगरीय ट्राफिक प्रहरी महाशाखामा बुझाएका छन् । चालक श्रेष्ठले फिर्ता गरेको रकम प्रहरी उपरीक्षक रविकुमार पौडेलले खड्कालाई बुझाएका छन् । चालकको इमान्दारीता देखेर आफू छक्क परेर खड्काले बताए ।

प्रतिक्रिया दिनुहोस्