Logo
Logo

मिटरब्याज नियन्त्रण कार्यदल गठन, दिगो समाधान खोज्न प्रधानमन्त्रीको निर्देशन


1.9k
Shares

काठमाडौ । गृहमन्त्री खाँणले मिटरब्याजी अपराध नियन्त्रण गर्न कार्यदल गठन गरेका छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाको निर्देशनपछि गृहमन्त्री खाँणले ६ सदस्यीय कार्यदल गठन गरेका हुन् । देउवाले शुक्रबार बिहान गृहमन्त्री बालकृष्ण खाण, नेपाल प्रहरीका महानिरीक्षक धिरजप्रताप सिंह, सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्याल र गृह मन्त्रालयका सहसचिवलाई बोलाएर मिटरब्याजी सम्बन्धी समस्या समाधानमा पहल कदमी लिन निर्देशन दिएका थिए ।

त्यसपछि गृहमन्त्री खाणले गृहका सहसचिव डा. भिष्मकुमार भूसालको संयोजकत्वमा ६ सदस्यीय कार्यदल गठन गरेका हुन् । कार्यदल सदस्यमा नेपाल प्रहरीका केन्द्रीय अनसुन्धान व्यूरोमा कार्यरत वरिष्ठ उपरीक्षक दिनेश आचार्य, गृहका कानुन उपसचिव श्रीकृष्ण पौडेल, नेपाल प्रहरीको अपराध अनुसन्धान शाखाका एसपी कृष्णप्रसाद कोइराला, राष्ट्रिय अनुसन्धान विभागका उप– अनुसन्धान निर्देशक मुकुन्द मरहठ्ठा छन् ।

कार्यदलको सदस्य सचिव नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोमा कार्यरत डीएसपी रोशन खड्कालाई तोकिएको छ । कार्यदललाई एक महिनाभित्र प्रतिवेदन बुझाउने कार्यादेश दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्