Logo
Logo

काँग्रेसले बोलायो कार्यसम्पादन समिति बैठक


1.5k
Shares

काठमाडौं । सत्तारुढ दल नेपाली काँग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाइको छ । बैठक शनिबार बिहान ९ बजेका लागि बोलाएको महामन्त्री गगन थापाले जानकारी दिए ।

महामन्त्री थापाका अनुसार बैठकमा सत्ता गठबन्धनभित्र चुनावी तालमेल तथा भागबण्डाका लागि बनाइएको कार्यदलमा पार्टीको अडान र दृष्टिकोणका विषयमा स्पष्ट पार्न छलफल हुनेछ ।

काँग्रेसले १०० सिट पाउनुपर्ने अडान लिँदै आएको छ । तर, गठबन्धनभित्र दलहरुले आफ्नो तर्फबाट दाबी प्रस्तुत गर्दैगर्दा काँग्रेसको आधिकारिक अडान र दृष्टिकोणका विषयमा थप स्पष्ट गरिने महामन्त्री थापाको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्