Logo
Logo

डिमुवा र बीरेठाँटीमा प्रभु बैंकको दुई नयाँ शाखा सञ्चालन


- दृष्टि न्युज/संवाददाता


काठमाडौं । प्रभु बैंक लिमिटेडले शाखा सञ्जाल विस्तार गरी सेवाग्राहीहरुलाई सरल र सहज रुपमा अत्याधुनिक प्रविधिसहितको गुणस्तरीय बैंकिङ सेवो पु¥याउने उद्देश्यका साथ पर्वत जिल्लाको मोदी गाउँपालिका वडा नं. ६ स्थित डिमुवामा डिमुवा शाखा कार्यालय र कास्की जिल्लाको अन्नपूर्ण गाउँपालिका वडा नं. ७ स्थित विरेठाँटीमा बिरेठाँटी शाखा कार्यालय गरी यही साउन १३ गतेका दिन एकै साथ २ वटा शाखा कार्यालयहरु स्थापना गरी सञ्चालनमा ल्याएको छ ।

उक्त कार्यालयहरुमध्ये डिमुवा शाखा कार्यालयको मोदी गाउँपालिकाका अध्यक्ष प्रेम शर्मा पौडेलले र बिरेठाँटी शाखा कार्यालयको अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष घनश्याम चपाईले छुट्टाछुट्टै रुपमा आयोजित उद्घाटन समारोहका बीच शाखा कार्यालयको उद्घाटन गरेका थिए ।

प्रभु बैंकका दुवै शाखा कार्यालय उद्घाटनका क्रममा दुवै प्रमुख अतिथिले बैंकले  शाखा सञ्जाल विस्तार गर्दै स्थानीय तहका विभिन्न गाउँपालिका तथा नगरपालिकाहरुमा बैंकिङ पहुँचभन्दा बाहिर रहेका सर्वसाधारणहरुलाई सहज, सरल एवं गुणस्तरीय बैंकिङ सेवा उपलब्ध गराउँदै आएको बताए । बैंकको शाखा सञ्जाल विस्तारबाट बैंकिङ पहुँचभन्दा टाढा रहेका सेवाग्राही बैंकिङ पँहुचभित्र आउनुका साथै सम्बन्धित क्षेत्रको आर्थिक विकासमा महत्वपूर्ण योगदान पुग्ने हुनाले प्रभु बैंकको गुणस्तरीय सेवा उपभोग गर्ने अवसर नगुमाउन उपस्थित सर्वसाधारणहरुलाई आग्रह समेत गरेका थिए ।

बैंकका डिमुवा र बिरेठाँटी शाखा कार्यालयको स्थापना तथा सञ्चालनबाट त्यहाँका स्थानीय तहका सेवाग्राही, सर्वसाधारण, विभिन्न किसिमका व्यवसायिक एवं व्यापारिक फर्म, कम्पनी तथा संघ संस्थाहरुले बैंकको गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुनेछन् भन्ने बैंकले विश्वास लिएको बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्