Logo
Logo

शेखर कोइराला समूहको बैठक बस्दै


693
Shares

काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले आफ्नो समूहकाे बैठक बोलाएका छन्। आज दिउँसो बस्ने बैठकमा कोइरालाले आफू निकटका पदाधिकारी, नेता तथा केन्द्रीय सदस्यहरुलाई बोलाएको एक नेताले बताए ।

सभापति शेरबहादुर देउवाले हरेक निर्णय आफू खुसी गरेको भन्दै कोइराला समूह असन्तुष्ट बन्दै आएको छ । यसविरुद्ध आफ्नो समूहको रणनीति बनाउन कोइराला समूहको बैठक बस्न लागेको हो ।

सभापति देउवाले ५ वटा भ्रातृ संस्थामा नेतृत्व चयन गर्दा कोइराला समूहलाई समेटिएको छैन । यस्तै पार्टी सञ्चालनमा पनि देउवा एकलौटी ढंगले अघि बढेको शेखर पक्षीय ती नेताले बताए ।

देउवा निरन्तर अहिलेकै शैलीमा अघि बढे अब समानान्तर गतिविधि गर्ने मनस्थितिमा कोइराला समूह देखिएको छ । यसबारे शनिबारको बैठकमा गम्भीर छलफल गरेर निर्णयमा पुगिने ती नेताको भनाइ छ ।

सत्ता गठबन्धनले सिट बाँडफाँडका विषयमा छलफल गरिरहेको समयमा नेता कोइरालले समूह भेला बोलाएका हुन्। सिट बाँडफाँडका विषयमा छलफल गर्न पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठक पनि बिहान ९ बजे बस्दै छ।

प्रतिक्रिया दिनुहोस्