Logo
Logo

रिस धेरै उठ्छ ? हुन सक्छ हृदयघात !



काठमाडौं । रिस सामान्यतया मानिसको स्वभावको रुपमा लिने गरेको छ । तर रिसलाई कम गराउनु र यसलाई कन्ट्रोलमा राख्नु बुद्धिमानी हुन्छ ।

रिसले मानिसको जिवनमा कुनै पनि सकारात्मक प्रभाव पार्न सक्दैन । तर, बढी रिसाउने बानी भने मानिसका लागि सबैभन्दा बढी घातक साबित हुन्छ । एउटा उखान छ– ‘रिसले आफैँलाई खान्छ ।’ त्यसैले यो सत्य हो कि रिसले जिन्दगी बर्बाद त पार्छ नै, मृत्युको मुखमा समेत पुर्याउन सक्छ ।

हृदयाघातको एउटा प्रमुख कारण रिस पनि भएको प्रमाणित भइसकेको छ । विज्ञहरुले गरेको अध्यन अनुसार कसैलाई रिस उठ्दा मात्रै पनि हृदयघात हुन सक्ने सम्भावना हुन्छ । तर रिस उठ्दैमा सबैलाई हृदयघात हुन्छ भन्ने पनि छैन । मुटुसम्बन्धी रोग भएको बिरामीलाई रिस उठेको बेलामा हृदयघात हुने सम्भावना धेरै हुन्छ । कसैलाई मधुमेह, उच्च रक्तचाप, धुम्रपान गर्ने बानी, उच्च क्लोस्टोर भएका व्यक्तिलाई रिस उठ्यो भने हृदयघात हुने सम्भावना बढी हुन्छ ।

तर कहिलेकाहीँ पूर्ण रुपले स्वस्थ व्यक्तिलाई पनि हृदयघात हुनसक्छ । यो कुरा पत्याउन गाह्रो भए पनि अनुसन्धानले रिसले स्वस्थ व्यक्तिलाई पनि हृदयघात हुन सक्ने प्रमाणित गरेको छ ।

रिस उठने बित्तिकै हाम्रो शरीरमा विभिन्न हर्मोनहरु उत्पादन हुन्छन् । रिस उठदा हामी आफैलाई पनि हाम्रो शरीरमा केही फरक भएको महसुस हुन्छ । पसिना आउँने, हात खुट्टा काप्ने हुन्छ, त्यो हर्मोनहरु परिवर्तनको कारणले भएको हो । हर्मोनहरुको स्तर बढ्यो भने ब्लड पेसर बढ्नुका साथै मुटुको रक्तनलीहरु साधुरो हुन्छन् ।

रक्तनली साघुरो बन्न साथ क्लटीङटेण्डेसी पनि बढाउँछ । त्यसपछि रिसले रक्तको प्रवाहमा समस्या आउन थाल्छ । मुटुको रक्तनलीहरुमा कोलेस्ट्रोल विभिन्न तहमा जमेर बसेको हुन्छ । वैज्ञानीक भाषामा यसलाई प्ल्याक भन्छौँ । रिसको परिणामस्वरुप त्यो प्ल्याक रप्चर हुन्छ । रप्चर भएपछि त्यो क्लट भएर जम्न पुग्छ । यसै त रिसको कारणले क्लटिङटेण्डेसी बढेको हुन्छ । क्लट बने पछि मुटुको रक्तनली बन्द हुन्छ र हृदयघात हुन्छ ।

सबै व्यक्तिमा कोलेस्ट्रोर लेयर मुटुमा हुन्छ । यो फुट्न समय लाग्दैन । एउटा सानो घटना, एउटा नकरात्मक निर्णय र एउटा नकरात्मक कार्यक्रम अर्थात रिसले तपाईंको जिन्दगी बर्बाद हुनसक्छ ।

यस किसिमका रिसका कारण हुनसक्छ हृदयघात :

१. कडा रिस – यस्तो रिस धेरै लामो समयदेखि हुन्छ र आफ्नो जीन्दगीदेखि नै रिस उठेको हुन्छ र अरु सबै प्रति पनि रिस उठिरहन्छ ।

२. आबेस – अचानक, एक्कासी रिस उठ्छ, तथा नाम गाली गर्ने र कुटपिट गर्ने समेत हुनसक्छ र छिट्टै रिस सेलाउँछ ।

३. प्यासिभ रिस – रिस उठेको हुन्छ तर, देखाउने तरिका भिन्दै हुन्छ । घुमाउरो पाराले, अरूलाई भनेको जस्तो गरेर वा वोल्दै नवोली आफ्नो रिस पोख्ने गर्छन ।

४. आफैमा पोख्ने रिस – रिस अरूसँग उठेको हुन्छ तर उनीहरुले आफैलाई चोट पु¥याउने, दुःख दिने जस्ता व्यवहार देखाउछन् । जस्तै शरीरका विभिन्न अंगमा घाँउ बनाउने, खाना खान नमान्ने वा लागु पदार्थ वा रक्सीको सेवन अत्याधिक गर्ने ।

५. बारम्बार रिस उठनु – स-साना कुरामा सिर उठ्ने । दिनमा सामान्य भन्दा धेरै पटक सिर उठ्ने व्यक्तिमा पनि हृदयघात हुन सक्छ ।
६. धेरै बेर सम्म रिसाउनु – कुनै पनि विषयमा रिस उठेपछि लामो समय सम्म रिसाइरहनु र रिस शान्त हुन समय लाग्ने व्क्तिमा पनि हृदयघात हुनसक्ने सम्भावना हुन्ने अध्यनले देखाएको छ

रिसले निम्त्याउने रोग स् रिसले टाउको दुख्ने, ब्लड प्रेसर बढ्ने, अल्सर हुने, छालाको रोगहरु हुने वा लागु पदार्थ वा मद्यपानको सेवन जथाभावी गर्ने हुनसक्छ ।

रिसको व्यवस्थापन

रिसको व्यवस्थापन गर्नको लागि रिस कुन ठाउँवाट उठ्छ भन्ने जान्नु आवश्यक छ । लिम्बीक सिस्टमको एमिगडेला भन्ने ठाउँबाट रिस उठ्छ । एमिगडेलामा उठेको रिस ठिक होइन भन्ने सुझाव प्रिफ्रोन्टल कर्टेक्सले दिन्छ ।

रिस उठेको बेलामा मलाई रिस उठेको छ भन्ने विचार मनमा ल्याउन सक्यो भने प्रिफ्रोन्टल कर्टेक्स एक्टीव हुन्छ र रिसलाई कट्रोल गर भन्ने निर्देशन एमिगडेलालाई दिन्छ ।

अर्थात रिस उठेको बेलामा मलाई रिस उठेको छ भन्ने याद गर्ने र ४,५ पटक लामो स्वास लिने र छोड्ने गर्ने वानी ग¥यो भने रिस कम भै हाल्छ । रिस धेरै उठ्ने व्यक्तिले दैनिक शारिरिक व्यायाम गर्न सकिन्छ । आवश्य मात्रामा पानी पिउने बानी बसाल्नु पर्छ ।

साथै रिस धेरै उठ्ने मानिसले महत्वपुर्ण जिम्मेवारीहरु सकेसम्म कम लिने गर्नु ठिक हुन्छ । र सकेसम्म रिस उठेपछि रिस उठेको व्यक्ति वा सम्बन्धित विषयबाट तत्काल टाढा हुने र आफुलाई सहज हुने कुरामा आफुलाई व्यस्त बनाउने गर्दा सिर कम हुन सक्छ ।

प्रतिक्रिया दिनुहोस्