Logo
Logo

नेता कार्यकर्तासँग लिङ्देनले भने- आगामी निर्वाचनलाई सामान्य रुपमा नलियौँ


504
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले आगामी ४ मंसिरमा हुने निर्वाचनलाई सामान्य मात्र नसम्झन नेता कार्यकर्तालाई आग्रह गरेका छन् ।

शनिबार काठमाडौंमा आयोजित पार्टीको बृहत भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । अध्यक्ष लिङ्देनले भने, ‘आउने निर्वाचनलाई नियमित र सामान्य प्रक्रियामात्र नसम्झौँ । आउने यो निर्वाचनलाई ३० वर्षदेखि कांग्रेस, एमाले, माओवादीको दुस्चक्रमा फसेको देशलाई निकालौँ भन्ने संकल्पका साथ लिऔँ ।’

उनले अहिले नविन ढंगले क्रियाशिल रहेका चुनाव चिन्हलाई साझा चिन्हका रुपमा प्रयोग गर्न समेत आग्रह गरे । राप्रपाको चुनाव चिन्ह हलो मात्रै नभएको बताउँदै उनले भने, ‘नेपाली जनतालाई अप्ठेरोबाट त्राण दिने चिन्ह पनि हो ।’

प्रतिक्रिया दिनुहोस्