Logo
Logo

पाँच प्रहरी घुससहित पक्राउ, हाकिमहरु पनि तानिने


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, १६ साउन ।

प्रहरीमा घुसखोरी बढेको छ । काभ्रेका पाँच प्रहरी घुससहित रंगेहात पक्राउ परेका छन् । टिप्पर चालकहरुसँग घुस लिने प्रहरीहरुलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट खटिएको टोलीले रंगेहात पक्राउ गरेको हो ।


पक्राउ पर्नेहरुमा तीन ट्राफिक प्रहरी छन् । हिगुवापाटी ट्राफिकका हवल्दार तेज प्रसाद भट्टराई दुई हजार रुपैयाँसहित पक्राउ परेका छन् ।
त्यस्तै बनेपा ट्राफिक पोष्टमा कार्यरत हवल्दार रामहरी मानन्धर र सिपाहस् हरिचन्द्र बाँनियालाई पनि २ हजार घुससहित आयोगले पक्राउ गरेको छ । त्यस्तै पाँचखाल चौकीमा सादा पोशाकमा काम गर्ने हवल्दार भक्तबहादुर हायु र जवान ज्ञानबहादुर लाम्गाङेलाई आयोगको टोलीले पक्राउ गरेको हो । उनीहरुबाट पनि दुई हजार रुपैयाँ बरामद भएको छ । उनीहरु केराघरीमा बसेर टिप्परसँग पैसा उठाउँदै गर्दा पक्राउ परेका हुन् ।
हाकिमहरुकै निर्दशनहरुमा उनीहरुले पैसा उठाउने गरेका थिए । त्यसकारण जिल्ला ट्राफिक कार्यालयका इन्सपेक्टर र पाँचखाल चौकीका इन्चार्ज पनि यसमा छानबिनमा तानिने भएका छन् ।

प्रतिक्रिया दिनुहोस्