काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले कानुन, न्याय तथा संसदीय मामिलमन्त्री गोविन्द बन्दी र महान्यायाधिवक्ता खम्मबहादुर खातीसँग राष्ट्रपति कार्यालयबाहिर आत्मदाहको प्रयास गर्ने निहारिका राजपुतको विषयमा चासो देखाएका छन् ।

राष्ट्रपति भण्डारीले उनले शनिबार कानुनमन्त्री र महान्यायाधिवक्तासँग राजपुतको विषयमा चासो राखेका हुन् । राजपुतले शुक्रबार राष्ट्रपति कार्यालयबाहिर आत्मदाहको प्रयास गरेका थिए । हाल उनलाई त्रिवि शिक्षण अस्पतालमा राखिएको छ ।
राजपुतले आफ्नो बच्चाको डीएनए जाँच गरिनुपर्ने माग राख्दै अनसनसमेत बसेका थिए ।














