Logo
Logo

यस्तो छ आजको मौसम पूर्वानुमान


693
Shares

काठमाडौं । आज बिहान गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानमा बर्षा भइरहेको छ ।

साथै प्रदेश १, बागमती प्रदेश र कर्णाली प्रदेशका एक-दुई स्थानमा चट्याङसहित हल्का देखि मध्यम वर्षा भइरहेको छ । हाल गण्डकी प्रदेश र लुम्बिनी प्रदेशको मनसुनमा सामान्य देखि पूर्ण बदली तथा बाँकी प्रदेशमा सामान्य बदली रहेको छ ।

दिउँसो देशका पहाडी भू(भागमा सामान्य बदली रही बाँकी भू-भागमा आंशिक देखि सामान्य बदली रहने मैसम पुर्वानुमान महाशाखाले जनाएको छ । देशका केही स्थानहरूमा चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको छ।

राती देशभर आंशिक देखि सामान्य बदली रहनेछ। प्रदेश १, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका एक-दुई स्थानमा चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

प्रतिक्रिया दिनुहोस्