Logo
Logo

संघीय सरकारविरुद्ध मधेसका मुख्यमन्त्री र मन्त्रीहरु धर्नामा


4.1k
Shares

जनकपुरधाम । संघीय सरकारविरुद्ध मधेसका मुख्यमन्त्री र मन्त्रीहरु धर्ना बसेका छन् । पटक–पटक आग्रह गर्दा पनि प्रदेशलाई प्रहरी हस्तान्तरण नगरेको भन्दै उनीहरु आइतबारदेखि धर्नामा बसेका हुन् ।

जनकपुरको मधेस भवनस्थित प्रदेश प्रमुखको कार्यालयमा मुख्यमन्त्री लालबाबु राउत र मन्त्रीहरु धर्ना बसेका छन् । बिहान ११ः५० मा सुरु भएको धर्ना २ घण्टासम्म जारी राख्ने गृह तथा सञ्चारमन्त्री भरत साहले जानकारी दिए ।

संविधानमै प्रदेशलाई प्रहरी हस्तान्तरण गर्ने व्यवस्था छ । तर, संघले प्रहरी समायोजन गर्न नचाहेको भन्दै यसअघि प्रधानमन्त्रीलाई समेत ज्ञापनपत्र बुझाएको थियो । सो ज्ञापनपज्ञमा प्रहरी समायोजनको काम अगाडि बढाउन गृह तथा सञ्चारमन्त्री साहले पत्रकार सम्मेलन गरी सातदिने अल्टिमेटम दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्