Logo
Logo

फोहोरको समस्या समाधान गर्न महानगरलाई सहयोग गरौं : गगन



ललितपुर । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले फोहोरका विषयमा राजनीति गर्नेलाई कारबाही गर्नुपर्ने बताएका छन् ।

सोमबार पार्टी केन्द्रीय कार्यालय ललितपुरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै थापाले फोहोरको समस्या समाधान गर्न काठमाडौँ महानगरलाई सहयोग गर्नुपर्ने बताएका हुन् ।

‘यहाँको फोहोरको समस्या समाधान गर्न सबैले आ-आफ्नो ठाउँबाट पहल गर्नुपर्छ । कसैले तत्कालको फाइदाका लागि असहयोग गर्छ भने त्यसलाई कारबाही गर्नुपर्छ । जनताको स्वास्थ्यमा खेलबाड गर्न पाईंदैन ।’

फोहोरको समस्या समाधान गर्न संघको सहरी विकास मन्त्रालयले पहल गर्नुपर्ने उनको भनाइ छ । थापाले फोहोरको विषयमा प्रधानमन्त्री शेरबहादुर देउवासँग पनि भेटेर कुरा राख्ने तयारी भइरहेको जानकारी दिए ।

प्रधानमन्त्रीसँग भेटेर फोहोरको समस्य दिर्घकालिन रुपमै समिाधान गर्न आग्रह गर्ने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्