Logo
Logo

माछापुच्छरे बैंकका ग्राहकलाई ह्याम्स र सुमेरु अस्पतालमा छुट


- दृष्टि न्युज/संवाददाता


काठमाडौं । माछापुच्छरे बैंकका ग्राहकले धुम्बाराहीस्थित ह्याम्स अस्पताल एवं सुमेरु ग्रुपअन्तर्गत सञ्चालित सुमेरु अस्पताल तथा सुमेरु सिटी अस्पतालको उपचार सेवामा छुट पाउने भएका छन् ।


बैंकले ग्राहकलाई अतिरक्त सुविधा दिने उद्देश्यले दुवै हस्पिटलसँग सम्झौता गरेको हो । सम्झौतासँगै माछापुच्छ«े बैंकका ग्राहकले अस्पतालको विभिन्न सेवामा १० प्रतिशतसम्म छुट पाउनेछन् । छुट माछापुच्छरे बैंकका डेबिट कार्ड, क्रेडिट कार्ड एवं ग्राहक कार्ड लिएका ग्राहक तथा बैंकका कर्मचारीले पाउने बैंकले जनाएको छ ।

बैंकले ग्राहकको सुविधालाई मध्यनजर गर्दै विभिन्न अस्पताल तथा संघसंस्थासँग विभिन्न सेवामा छुट प्रदान गर्ने उद्देश्यले सहमति गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्