Logo
Logo

बञ्चरे डाँडामा फोहोर फाल्न नदिने नेताविरुद्ध प्रहरीमा उजुरी


1.8k
Shares

काठमाडौं । कांग्रेस, माओबादी केन्द्र र एकीकृत समाजवादीका तिन नेताविरुद्ध जिल्ला प्रहरी कार्यालय नुवाकोटमा उजुरी परेको छ ।

बञ्चरे डाँडामा फोहोर फाल्न नदिने घोषणा गर्दै वक्तव्य निकाल्ने उनीहरु विरुद्ध ट्रक तोडफोड गरेको भन्दै ट्रक धनीहरुले उजुरी दिएको एक अधिकारीले जानकारी दिए ।

आइतबार धादिङ धुनिवेशी नगरपालिका–१ का कांग्रेस सभापति पूर्णबहादुर तामाङ, माओवादी केद्रका अध्यक्ष विष्णु तामाङ र एकीकृत समाजवादीका अध्यक्ष भीषण धितालले संयुक्त व्यक्तव्य जारी गर्दै बञ्चरेडाँडामा फोहोर फाल्न नदिन घोषणा गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्