Logo
Logo

निर्वाचनमा गठबन्धन गर्ने जिम्मा राजेन्द्र लिङ्देनलाई


756
Shares

काठमाडौं । नेपाल राष्ट्रिय पार्टी (राप्रपा)ले आगामी मंसिर चार गतेको निर्वाचनमा गठबन्धन, तालमेल र सहकार्यका लागि आवश्यक निर्णय गर्न जिम्मा अध्यक्ष राजेन्द्र लिङ्देनलाई दिएको छ ।

सोमबार पार्टी कार्यालयमा बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले निर्वाचनमा गठबन्धन गर्नका लागि आवश्यक निर्णय गर्ने जिम्मेवारी लिङ्देनलाई दिएको हो ।

पार्टी प्रवक्ता मोहन श्रेष्ठद्वारा जारी विज्ञप्तिमा भनिएको छ- ‘अब हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा विभिन्न राजनीतिक दलसँग गठबन्धन, तालमेल र सहकार्यका लागि आवश्यक निर्णय र पहलकदमी लिन पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनलाई बैठकले जिम्मेवारी प्रदान गर्ने निर्णय गरिएको छ ।’

उनकाअनुसार अध्यक्ष लिङ्देनको नेतृत्वमा केन्द्रीय निर्वाचन परिचालन समिति र संसदीय समिति गठन पनि भएको छ । निर्वाचनका लागि घोषणा पत्र तयार गर्न गीताभक्त जोशीको संयोजकत्वमा सगुनसुन्दर लावती, रमानन्द न्यौपाने, जयन्तनाथ खनाल र हेमराज कार्की रहेको समिति गठन भएको छ ।

प्रतिक्रिया दिनुहोस्