Logo
Logo

सिट बाँडफाँटसहित प्रतिवेदन बुझाउने तयारीमा कार्यदल


12.7k
Shares

काठमाडौं । सत्तारुढ पाँचदलीय गठबन्धनले सिट बाँडफाँटका लागि गठन गरेको कार्यदलले आपसमा बाँडफाँट मिलाएर नेतृत्वलाई प्रतिवेदन बुझाउने तयारी गरेको छ । नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला संयोजकत्वमा रहेको कार्यदलले सिट बाँडफाँटको विषय आपसमा सहमति गरेर नेतृत्वलाई प्रतिवेदन बुझाउने तयारी गरेको हो ।

कार्यदलका सदस्य तथा सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले सिट बाँडफाँटको कार्यभार पूरा गरिने बताए । बैठकपछि उनले भने, ‘हामीले सकेसम्म हाम्रै तहमा मिलाएर नेतृत्वमा प्रतिवेदन दिने मनसाय छ । सिट बाँडफाँट चाँडै गर्नुपर्छ ।’ उनले आगामी बुधबार अपरान्ह ४ बजे फेरि बैठक बस्ने पनि बताए ।

कार्यदल सदस्यहरूबीच २०७४ सालको निर्वाचनमा प्रत्यक्ष र समानुपातिकतर्फ प्राप्त मत, २०७९ को स्थानीय तह निर्वाचनमा प्राप्त मत र दलहरूको राजनीतिक संवेदनशीलताका आधारमा सिट बाँडफाँडको सैद्धान्तिक समझदारी बनेको छ ।

कार्यदलमा नेपाली कांग्रेसबाट नेता कृष्णप्रसाद सिटौला संयोजकसहित महामन्त्री गगनकुमार थापा र ज्ञानेन्द्रबहादुर कार्की सदस्य छन् । माओवादी केन्द्रबाट देवप्रसाद गुरुङ र वर्षमान पुन छन् ।

त्यस्तै एकीकृत समाजवादीबाट उपाध्यक्ष प्रमेश हमाल र महासचिव बेदुराम भुसाल रहेका छन् । जसपाबाट रामसहाय यादव, रकम चेम्जोङ र राष्ट्रिय जनमोर्चाबाट हिमलाल पुरी र आनन्द शर्मा सदस्य छन् ।

प्रतिक्रिया दिनुहोस्