Logo
Logo

सिजी ब्राण्डका नयाँ फ्रिज बजारमा


- दृष्टि न्युज/संवाददाता


काठमाडौं । नेपाली ब्राण्डमा नं.१ ब्राण्ड र नेपालकै सबै भन्दा ठुलो इलेक्ट्रोनिक्स ब्राण्ड बन्न सफल सि.जी.ले हालै बजारमा विभिन्न किसिमका आकर्षक एवं नयाँ नयाँ मोडलका फ्रिजहरु बजारमा ल्याएको छ ।

जस अन्र्तगत सिङगल डोरमा २५ वटा भन्दा बढी मोडलहरुमा उपलब्ध छन् । यि फ्रिजहरु हेर्दा निकै नै अकर्षक देखिन्छन् । विभिन्न किसिमका फुलबुट्टा र रंगहरुमा उपलब्ध यि फ्रिजहरुमा ५ वर्ष सम्मको वारेण्टी रहेको छ । यसको विशेषताको भन्नु पर्दा यि फ्रिजहरुमा पावरफुल कम्प्रेसर, सुपर कुइक आइस, ग्रिप ह्न्डल आदि जस्ता अरुपनि थुप्रै विशेषता रहेका छन् ।

त्यस्तै डबल डोरको बारेमा भन्नु पर्दा हालै सि.जी.ले वाटर डिस्पेन्सर स्हित नयाँ फ्रिज बजारमा ल्याएको छ । यसमा अब तपाईले फ्रिज भित्रको चिसो पानि फ्रिजको ढोका नखोलिकनै पनि लिन सक्नु हुनेछ । यसमा कुईक फ्रिजिङ, ए ++ इनर्जिङ लेवल, डिजिटल कन्ट्रोल, ४डि फ्रिजिङ जस्ता विशेषताहरु रहेका छन् । त्यसै गरि अर्को नयाँ साईड बाई साईड र मल्टिडोर युक्त फ्रिजहरु पनि ल्याएको छ ।

जसमा १० वर्ष सम्मको वारेण्टी पनि रहेको छ । यी फ्रिजहरुमा तपाईहरुले आफ्नो खानालाई धेरै समय सम्म ताजा बनाई राख्न सक्नुहुनेछ । यसमा ए ++ इनर्जिङ लेवल, डिजिटल कन्ट्रोल, टच स्कृन, एन्टी ब्याक्टेरिया, डियोडोराईजेसन, किड्स लक, अर्लाम आदी जस्ता धेरै विशेषता रहेका छन् । यसको अर्को प्रमुख विशेषता भनेको यसमा तीनवटा मोडहरु रहेका छन्, जसमा होलिडे फंसन, इको फंसन र सुपर फ्रिज फंसन रहेका छन् । यी मोडहरुको प्रयोग गरि तपाईहरुले आफ्नो खानालाई धेरै समय सम्म ताजा राखि स्वास्थ्यलाई स्वस्थ राख्न सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस्