Logo
Logo

पिपुल्स पावरको आईपीओ खुल्यो



काठमाडौं । पिपुल्स पावर कम्पनीले आजदेखि सर्वसाधारणका लागि साधारण सेयर (आईपीओ) बिक्री खुला गरेको छ।

कम्पनीले प्रतिकित्ता सय रुपैयाँअंकित मूल्यका २४ करोड ६७ लाख ४० हजार रुपैयाँबराबरको २४ लाख ६७ हजार ४०० कित्ता सेयर बिक्री खुला गरेको हो।

जसमध्ये २ प्रतिशत सेयर कम्पनीका कर्मचारीका लागि छुट्ट्याइएको छ। ५ प्रतिशत सेयर सामूहिक लगानी कोषहरूमा सुरक्षित गरिएको छ। बाँकी रहेको २२ लाख ९४ हजार ६८२ कित्ता सेयरका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन्।

आइपीओका लागि भदौ ५ गतेसम्म आवेदन दिन सकिनेछ । कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ। कम्पनीले इलामको इलाम नगरपालिका–१ र ४ मा पुवाखोलाको पानीबाट ४.९६ मेगावाट क्षमताको विद्युत् आयोजना निर्माण गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस्