Logo
Logo

एम्बुलेन्समा गाँजा तस्करी गर्ने लहान प्रहरीको फन्दामा




सिरहा । एम्बुलेन्समा गाँजा तस्करी गर्ने व्यक्ति पक्राउ परेका छन्। इलाका प्रहरी कार्यालय लहान र जिल्ला ट्राफिक प्रहरी कार्यालयको टोलीले लहानबाट सोमार पाँच बोरा गाँजासहित चालक सरोज लामालाई पक्राउ गरेो हो ।


पश्चिमबाट पुर्व तर्फ आउदै गरेको को १ च ७५७७ नम्बरकाे एम्बुलेन्स रोकी चेकजाच गर्दा उक्त एम्बुलेन्सको पछाडी बिरामी राख्ने स्थानमा प्लाष्टिकको ५ वटा बोरामा गाँजा राखिएको थियो । ५ वटा बोरामा ९० केजी गाँजा बरामद भएको र लागुऔषध मुद्दामा अनुसन्धान अघि बढाइएको लहानका डिएसपी कुमार प्रसाद मैनालीले बताए । एम्बुलेन्समा अवैध सामानको ओसारपसार हुने सूचनाका आधारमा प्रहरीले त्यसरी चेकजाँच गरेको थियो । यसअघि लहानमा लागुऔषध कारोबार गर्ने समूह पटक पटक पक्राउ परिसकेका छन् । लहानलाई अपराधमुक्त सहर बनाउन प्रहरीको सक्रियता छ ।

प्रतिक्रिया दिनुहोस्