Logo
Logo

नागरिकता विधेयक : राष्ट्रपतिले पठाएको पत्र संसदमा पेस



काठमाडौं । नागरिकता विधेयक फिर्ताबारे राष्ट्रपतिबाट पठाइएको पत्र प्रतिनिधिसभामा पेस भएकाे छ । सभामुख अग्निप्रसाद सापकोटाको अनुमतिपछि प्रतिनिधिसभा सचिव गोपालनाथ योगीले उक्त पत्र पढेर सुनाएका हुन् ।

पत्रमा ‘प्रमाणीकरणका लागि प्रस्तुत हुन आएको नेपाल नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयकमा नेपालको संविधान बमोजिम नेपालको नागरिकता प्राप्तिसम्बन्धी विषयमा संघीय संसदबाट पुनः गहन छलफल, विमर्श र विश्लेषणसहित पुनर्विचार हुन वाञ्छनीय भएकाले’ फिर्ता पठाइएको उल्लेख छ ।

सभामुख अग्निप्रसाद सापकोटाले १५ साउनमा प्रमाणीकरण गरेकाे सो विधेयकलाई संवैधानिक मान्यता दिन राष्ट्रपतिसमक्ष पठाइएको थियो । त्यसकाे १४ दिनपछि राष्ट्रपति भण्डारीले सन्देशसहित प्रतिनिधिसभामै फिर्ता पठाएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्